Search This Blog

Thursday, June 27, 2013

शिक्षक पेसागत विकास तालिम कार्यान्वयन अनुगमन सम्बन्धि दुई दिने समीक्षा गोष्ठी सम्पन्न

शिक्षक पेसागत विकास तालिम कार्यान्वयन अनुगमन सम्बन्धि दुई दिने समीक्षा गोष्ठी  सम्पन्न

शैक्षिक तालिम केन्द्र रुपन्देहीको आयोजनामा पाल्पामा शिक्षक पेसागत विकास तालिम कार्यान्वयन अनुगमन सम्बन्धि दुई दिने समीक्षा गोष्ठी यही असार ६ गते शुरु भई सम्पन्न भयो । कार्यक्रममा शैक्षिक जनशक्ति विकास केन्द्रका निर्देशक श्री देविना प्रधानाङ्गले प्रमुख अतिथिको आसन ग्रहण गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता शैक्षिक तालिम केन्द्र रुपन्देहीका वरिष्ठ प्रशिक्षक श्री होमनाथ सुवेदीले गर्नुभएको थियो । प्रमुख अतिथि निर्देशक श्री देविना प्रधानाङ्गले तालिमले व्यक्तिको क्षमता विकास गर्ने हुँदा विद्यालय शिक्षासँग सरोकारवालाहरु सबैलाई तालिम दिनुपर्ने बताउनु भयो । सो समीक्षा गोष्ठीमा पश्चिमाञ्चल क्षेत्रका ६ वटा जिल्ला र मध्यपश्चिमाञ्चल क्षेत्रका ४ वटा गरी १० जिल्लाको र शैक्षिक तालिम केन्द्र दाङ् र पाल्पाको समेत सहभागिता रहेको थियो । 

(Reporting by Uma Dhami)

Some Glimpse of the program







Saturday, June 22, 2013

शैक्षिक कार्यक्रम २०७० असार ८ : शैक्षिक गतिविधि र सचेतनामूलक छलफल

शैक्षिक कार्यक्रम २०७० असार ८  : शैक्षिक गतिविधि र सचेतनामूलक छलफल

Friday, June 21, 2013

विद्यालयस्तरीय राष्ट्रिय प्रतिभा छनोट प्रतियोगिता २०७० सम्पन्न

विद्यालयस्तरीय राष्ट्रिय प्रतिभा छनोट प्रतियोगिता २०७० सम्पन्न

पाठ्यक्रम विकास केन्द्र सानोठिमीको आयोजनामा विद्यालयस्तरीय राष्ट्रिय प्रतिभा छनोट प्रतियोगिता २०७० यही असार ५ गते एक समारोहका बीच नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न भएको छ ।

शिक्षा मन्त्री श्री माधवप्रसाद पौडेलको प्रमुख आतिथ्यमा शुरु भएको उक्त समारोहमा प्रमुख अतिथिबाट उद्घाटन मन्तव्य व्यक्त गर्नुभएको थियो भने विशेष अतिथि शिक्षा मन्त्रालयका सचिव डा. सोमलाल सुवेदी र समारोहका अध्यक्ष पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक श्री दिवाकर ढुङ्गेलले आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उक्त प्रतियोगितामा विभिन्न जिल्ला र क्षेत्रबाट छनोट भई आएका १५ जना विद्यार्थीहरुले विज्ञान, कला, गायन र नृत्यमा आआफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । सहभागीहरु मध्येबाट संयुक्त मूल्याङ्कन समूहको निर्णयअनुसार त्रिभुवन उच्च माध्यमिक विद्यालय नयाँबजार दैलेखका डेकेन्द्र थापा, कालिन्चोक उच्च माध्यमिक विद्यालय दोलखाका विक्रम लामा र भ्यालिटप इङ्लिस स्कुल दाङका शोभित सिंह सर्वोत्कृष्ट छानिएका थिए । उक्त समारोहमा प्रतियोगितामा सर्वोत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार स्वरुप जनही ४० हजार रुपैया र सान्त्वना पुरस्कार पाउने विद्यार्थीहरुलाई जनही ३ हजार रुपैया प्रदान गरिएको थियो ।

आपतकालमा शिक्षा तालिम सञ्चालन कार्यक्रम कार्यान्वयनका लागि प्रमुख प्रशिक्षक प्रशिक्षण तालिम शुरु

आपतकालमा शिक्षा तालिम सञ्चालन कार्यक्रम कार्यान्वयनका लागि प्रमुख प्रशिक्षक प्रशिक्षण तालिम शुरु

शैक्षिक जनशक्ति विकास केन्द्रबाट सञ्चालित विभिन्न १६ ओटा शैक्षिक तालिम केन्द्रका प्रशिक्षकहरु संलग्न रहेको आपतकालमा शिक्षा तालिम सञ्चालन कार्यक्रम कार्यान्वयनका लागि प्रशिक्षक तयार गर्ने ५ दिने प्रमुख प्रशिक्षक प्रशिक्षण तालिम कार्यक्रम यही असार ८ गते देखि शैक्षिक जनशक्ति विकास केन्द्र सानोठिमीमा शुरु भएको छ ।

राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकारीहरुका लागि पुनर्ताजगी तालिम शुरु

राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकारीहरुका लागि पुनर्ताजगी तालिम शुरु

शैक्षिक जनशक्ति विकास केन्द्रबाट सञ्चालित राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकारीहरुको पुनर्ताजगी तालिम यही २०७० असार ३ गते देखि शुरु भएको छ ।

असार ९ गते सम्म सञ्चालन हुने उक्त तालिम कार्यक्रमको शुभारम्भ शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक श्री डिल्लीराम रिमालले गर्नुभएको थियो भने निर्देशकद्वय श्री देवकुमारी गुरागाईं र श्री देविना प्रधानाङ्गले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विभिन्न १५ जिल्लाका जिल्ला शिक्षा अधिकारीहरु र शैक्षिक तालिम केन्द्रका वरिष्ठ प्रशिक्षकहरु सहभागी भएको उक्त तालिम कार्यक्रममा सहभागीहरुका तर्फबाट जिल्लाका विद्यमान शैक्षिक अवस्था, समस्या र समाधानका लागि गरिएका प्रयासहरु, शैक्षिक समस्या र चुनौतिहरुको सूचिकरण, समाधानका वैकल्पिक उपायहरुको खोजी, सम्बन्धित क्षेत्रका विज्ञहरुसँगको छलफल, सत्र सञ्चालन र अन्त्यमा कार्ययोजना निर्माण जस्ता विषयवस्तुहरु सङ्गालिएका छन् ।

Wednesday, June 19, 2013

दूर शिक्षा २०६९ Distance Education 2069

दूर शिक्षा २०६९ Distance Education 2069

Click to download and view the publication


















शैक्षिक कार्यक्रम २०७० असार १ : परिसम्वाद बहुभाषिक शिक्षा खण्ड २

शैक्षिक कार्यक्रम २०७० असार १ : परिसम्वाद बहुभाषिक शिक्षा खण्ड २


शैक्षिक कार्यक्रम २०७० जेठ २५ : परिसम्वाद बहुभाषिक शिक्षा खण्ड १

शैक्षिक कार्यक्रम  २०७० जेठ २५ : परिसम्वाद बहुभाषिक शिक्षा खण्ड १



सहकार्यकलाप तथा सिर्जनात्मक कला भाग ७

सहकार्यकलाप तथा सिर्जनात्मक कला भाग ७



चित्रकला तथा हस्तकला
प्रशिक्षक : उमेशचन्द्र अधिकारी, सुमन वज्राचार्य
सहायक : किरण शिंगु

सहकार्यकलाप तथा सिर्जनात्मक कला भाग ६


सहकार्यकलाप तथा सिर्जनात्मक कला भाग ६



कथानक खेल
कथावस्तु : नेपालहरि रानाभाट
निर्देशक : हेमन्त गौतम

सहकार्यकलाप तथा सिर्जनात्मक कला भाग ५

सहकार्यकलाप तथा सिर्जनात्मक कला भाग ५




नृत्य (ख्याम्टा)
प्रशिक्षक : सुरेश मिश्र
सङि्गत संयोजन : मिलन मोक्तान, अशोक राई
सहायक : लष्मी के.सी.

सहकार्यकलाप तथा सिर्जनात्मक कला भाग ४

सहकार्यकलाप तथा सिर्जनात्मक कला भाग ४



नृत्य (ख्याली)
प्रशिक्षक : हनी श्रेष्ठ
सहायक : दिपीका भट्ट थापा

सहकार्यकलाप तथा सिर्जनात्मक कला भाग ३

सहकार्यकलाप तथा सिर्जनात्मक कला भाग ३



कवाज
प्रशिक्षक : रणबहादुर बानियाँ
सङि्गत संयोजन : मिलन मोक्तान, अमुल कार्की ढली

सहकार्यकलाप तथा सिर्जनात्मक कला भाग २


सहकार्यकलाप तथा सिर्जनात्मक कला भाग २ 





शारीरिक व्यायाम
प्रशिक्षक : हिडेटोसी तारुमी (जापानी स्वयंसेवक)
सङि्गत संयोजन :नेपालहरि रानाभाट, अशोक राई

सहकार्यकलाप तथा सिर्जनात्मक कला भाग १


सहकार्यकलाप तथा सिर्जनात्मक कला भाग १




शारीरिक शिक्षा तथा सिर्जनात्मक अभिव्यक्तिशील कला विषयका शिक्षक तथा प्रशिक्षकहरुका लागि शैक्षिक जनशक्ति विकास केन्द्र, सानोठिमी, भक्तपुरद्वारा तयार पारिएको प्रस्तुत श्रव्यदृश्य सामाग्रीमा यहाँहरुलाई हार्दिक स्वागत छ। प्रस्तुत सामाग्रीभित्र

राष्ट्रिय गान
शारीरिक व्यायाम
कवाज
नृत्यका आधारभूत चालहरु
सिर्जनात्मक खेल
चित्रकला तथा हस्तकलाका
विद्यार्थी क्रियाकलापहरु संलग्न छन्।

कार्यक्रम संयोजक :नेपालहरि रानाभाट
निर्देशन : मिलन मोक्तान
रेकर्डिस्ट : दीपरत्न तुलाधर
व्यवस्थापन : वसन्त वित्यासी थापा
दृश्य सम्पादन :ओम बराल
छायाँकन :श्रीकृष्ण फुयाँल

धन्यवाद : भि.एस. निकेतन उच्च मा.वि., मीनभवन, काठमाडौं
स्टुडियो : सप्तक रेकर्डिङ एन्ड रिसर्च सेन्टर, कमलपोखरी, काठमाडौं
उद्घोषण : नेपालहरि रानाभाट, विनिता अधिकारी

प्रतिलिपि अधिकार : शैक्षिक जनशक्ति विकास केन्द्र, सानोठिमी, भक्तपुर

राष्ट्रिय गान
स्वर : साधना मोक्तान, रिचा अधिकारी, विवेक बस्नेत, निश्चल बस्नेत, रिजन श्रेष्ठ, प्रवेश उपाध्याय