Search This Blog

Friday, June 21, 2013

राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकारीहरुका लागि पुनर्ताजगी तालिम शुरु

राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकारीहरुका लागि पुनर्ताजगी तालिम शुरु

शैक्षिक जनशक्ति विकास केन्द्रबाट सञ्चालित राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकारीहरुको पुनर्ताजगी तालिम यही २०७० असार ३ गते देखि शुरु भएको छ ।

असार ९ गते सम्म सञ्चालन हुने उक्त तालिम कार्यक्रमको शुभारम्भ शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक श्री डिल्लीराम रिमालले गर्नुभएको थियो भने निर्देशकद्वय श्री देवकुमारी गुरागाईं र श्री देविना प्रधानाङ्गले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विभिन्न १५ जिल्लाका जिल्ला शिक्षा अधिकारीहरु र शैक्षिक तालिम केन्द्रका वरिष्ठ प्रशिक्षकहरु सहभागी भएको उक्त तालिम कार्यक्रममा सहभागीहरुका तर्फबाट जिल्लाका विद्यमान शैक्षिक अवस्था, समस्या र समाधानका लागि गरिएका प्रयासहरु, शैक्षिक समस्या र चुनौतिहरुको सूचिकरण, समाधानका वैकल्पिक उपायहरुको खोजी, सम्बन्धित क्षेत्रका विज्ञहरुसँगको छलफल, सत्र सञ्चालन र अन्त्यमा कार्ययोजना निर्माण जस्ता विषयवस्तुहरु सङ्गालिएका छन् ।

No comments:

Post a Comment