Search This Blog

Thursday, June 27, 2013

शिक्षक पेसागत विकास तालिम कार्यान्वयन अनुगमन सम्बन्धि दुई दिने समीक्षा गोष्ठी सम्पन्न

शिक्षक पेसागत विकास तालिम कार्यान्वयन अनुगमन सम्बन्धि दुई दिने समीक्षा गोष्ठी  सम्पन्न

शैक्षिक तालिम केन्द्र रुपन्देहीको आयोजनामा पाल्पामा शिक्षक पेसागत विकास तालिम कार्यान्वयन अनुगमन सम्बन्धि दुई दिने समीक्षा गोष्ठी यही असार ६ गते शुरु भई सम्पन्न भयो । कार्यक्रममा शैक्षिक जनशक्ति विकास केन्द्रका निर्देशक श्री देविना प्रधानाङ्गले प्रमुख अतिथिको आसन ग्रहण गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता शैक्षिक तालिम केन्द्र रुपन्देहीका वरिष्ठ प्रशिक्षक श्री होमनाथ सुवेदीले गर्नुभएको थियो । प्रमुख अतिथि निर्देशक श्री देविना प्रधानाङ्गले तालिमले व्यक्तिको क्षमता विकास गर्ने हुँदा विद्यालय शिक्षासँग सरोकारवालाहरु सबैलाई तालिम दिनुपर्ने बताउनु भयो । सो समीक्षा गोष्ठीमा पश्चिमाञ्चल क्षेत्रका ६ वटा जिल्ला र मध्यपश्चिमाञ्चल क्षेत्रका ४ वटा गरी १० जिल्लाको र शैक्षिक तालिम केन्द्र दाङ् र पाल्पाको समेत सहभागिता रहेको थियो । 

(Reporting by Uma Dhami)

Some Glimpse of the program







No comments:

Post a Comment