Search This Blog

Friday, June 21, 2013

विद्यालयस्तरीय राष्ट्रिय प्रतिभा छनोट प्रतियोगिता २०७० सम्पन्न

विद्यालयस्तरीय राष्ट्रिय प्रतिभा छनोट प्रतियोगिता २०७० सम्पन्न

पाठ्यक्रम विकास केन्द्र सानोठिमीको आयोजनामा विद्यालयस्तरीय राष्ट्रिय प्रतिभा छनोट प्रतियोगिता २०७० यही असार ५ गते एक समारोहका बीच नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न भएको छ ।

शिक्षा मन्त्री श्री माधवप्रसाद पौडेलको प्रमुख आतिथ्यमा शुरु भएको उक्त समारोहमा प्रमुख अतिथिबाट उद्घाटन मन्तव्य व्यक्त गर्नुभएको थियो भने विशेष अतिथि शिक्षा मन्त्रालयका सचिव डा. सोमलाल सुवेदी र समारोहका अध्यक्ष पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक श्री दिवाकर ढुङ्गेलले आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उक्त प्रतियोगितामा विभिन्न जिल्ला र क्षेत्रबाट छनोट भई आएका १५ जना विद्यार्थीहरुले विज्ञान, कला, गायन र नृत्यमा आआफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । सहभागीहरु मध्येबाट संयुक्त मूल्याङ्कन समूहको निर्णयअनुसार त्रिभुवन उच्च माध्यमिक विद्यालय नयाँबजार दैलेखका डेकेन्द्र थापा, कालिन्चोक उच्च माध्यमिक विद्यालय दोलखाका विक्रम लामा र भ्यालिटप इङ्लिस स्कुल दाङका शोभित सिंह सर्वोत्कृष्ट छानिएका थिए । उक्त समारोहमा प्रतियोगितामा सर्वोत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार स्वरुप जनही ४० हजार रुपैया र सान्त्वना पुरस्कार पाउने विद्यार्थीहरुलाई जनही ३ हजार रुपैया प्रदान गरिएको थियो ।

No comments:

Post a Comment