Search This Blog

Friday, August 9, 2013

शैक्षिक कार्यक्रम श्रावण १९, २०७०

शैक्षिक कार्यक्रम श्रावण १९, २०७०

आजको शैक्षिक कार्यक्रममा सुन्न सक्नु हुनेछ सूचना तथा सञ्चार प्रविधि विषयमा सञ्चालित अभिमुखीकरण कार्यक्रम सम्बन्धि जानकारी र विद्यालयस्तरमा प्राविधिक तथा व्यावसायिक शिक्षा सम्बन्धि कार्यक्रमको पहिलो श्रृंखला अन्तर्गत एक रेडियो रिपोर्ट ।

नेपाल सरकार शिक्षा मन्त्रालयले शैक्षिक सत्र २०७० देखि देशभरका १०० वटा विद्यालयमा कक्षा ९ देखि प्राविधिक तथा व्यावसायिक शिक्षा परीक्षणको रुपमा लागू गरेको छ । यसै विषयमा केन्द्रित रहेर पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक डा. श्री बालकृष्ण रञ्जित, प्राविधिक तथा व्यावसायिक तालिम परिषद्, पाठ्क्रम महाशाखाका निर्देशक श्री चन्द्रभक्त नकर्मी, प्राविधिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक श्री भवानीशंकर सुवेदी र शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक श्री डिल्लीराम रिमालसँगको कुराकानीको आधारमा तयार पारिएको रेडियो रिपोर्ट ।

यस कार्यक्रमको दोस्रो श्रृंखला श्रावण २६ गते प्रस्तुत हुनेछ ।

शिक्षा मन्त्रालय, शैक्षिक जनशक्ति विकास केन्द्र सानोठिमी भक्तपुरबाट सञ्चालित यस रेडियो कार्यक्रममा प्रसारित सामग्रीहरुका बारेमा यहाँहरुका जिज्ञासा भए हाम्रो इमेल deolnced@gmail.com मा पत्र पठाउनु भइ जानकारी गराउन सक्नु हुनेछ ।




Trouble listening the radio ?
Try the alternative player below

 
Tips: Click on play-button to start.

To download the audio, right click the link below, & select "Save Target As" or "Save Link As" 
Download this Audio Now

No comments:

Post a Comment