Search This Blog

Thursday, September 19, 2013

शैक्षिक कार्यक्रम असोज १ , २०७०

शैक्षिक कार्यक्रम असोज १ , २०७० मंगलवार

आजको शैक्षिक कार्यक्रमको यो श्रृंखलामा शिक्षकले तालिममा सिकेका सिपलाई कक्षाकोठामा प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विषयमा स्रोत व्यक्ति, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र अभिभावक बिचको छलफल सुन्न सक्नु हुनेछ ।

शैक्षिक जनशक्ति विकास केन्द्रले सामुदायिक विद्यालयका शिक्षकहरुलाई तालिम प्रदान गरिसकेपछि शिक्षकहरुले कक्षाकोठामा तालिममा सिकेका ज्ञान र सिपको प्रयोग गर्दाको चुनौतिको विषयमा केन्द्रित रहेको यस छलफल कार्यक्रम सुन्न नभुल्नुहोला ।

यो कार्यक्रम प्रत्येक हप्ताको मंगलवार र शनिवार बेलुका ७:३० देखि ७:४५ सम्म रेडियो नेपालको राष्ट्रिय प्रसारणबाट सुन्न सक्नु हुनेछ । शिक्षा मन्त्रालय, शैक्षिक जनशक्ति विकास केन्द्र सानोठिमी भक्तपुरबाट सञ्चालित यस रेडियो कार्यक्रममा प्रसारित सामग्रीहरुका बारेमा यहाँहरुका सल्लाह, सुझवा र जिज्ञासा भए हाम्रो इमेल ठेगाना radiodeol@gmail.com or deolnced@gmail.com पत्र पठाउनु भइ जानकारी गराउन सक्नु हुनेछ ।  



Trouble listening the radio ?
Try the alternative player below

 
Tips: Click on play-button to start.

To download the audio, right click the link below, & select "Save Target As" or "Save Link As" 
Download this Audio Now

० १ २ ३ ४ ५ ६ ७ ८ ९
असोज  कार्तिक  मङ्सिर पुष माघ फागुन चैत वैशाख जेठ असार साउन भदौ

No comments:

Post a Comment